सानिमा लाइफको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने

३० श्रावण २०७८, शनिबार १०:३५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने व्यवस्था गरिएको प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलका चिफ अपरेटिङ अफिसर कृष्ण गिरीका अनुसार आईपिओ बाँडफाँड गरेको केही घण्टापछि नतिजा तीन वटा साइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।

आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार सानिमा लाइफको वेबसाइट https://sanimalife.com/ipo_alert/ , बिकी प्रबन्धक प्रभु क्यापिटल  https://results.prabhucapital.com/ , सिडीएसले आईपिओको लागि संचालन गरेको https://iporesult.cdsc.com.np/ वेबसाइटबाट हेर्ने सकिने छ ।

साथै नतिजा प्रकाशन भइसकेपछि मेरो शेयरको व्यक्तिगत एकाउन्टबाट लगइन गरेर समेत हेर्न सकिने प्रभु क्यापिटलले जनाएको छ ।

आज विहान ११ः०० बजे आईपिओ बाँडफाँड सम्पन्न भएपछि अपरान्ह ३ बजेसम्म नतिजा निकाल्ने तयारी भइरहकेो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*