सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २५ प्रतिशतले बढ्यो, मुनाफा १६ प्रतिशतले वृद्धि

३१ श्रावण २०७८, आईतवार ०९:०२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्ममा खुद बीमा शुल्क आर्जन पनि २५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक बर्षमा ९८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको गत आर्थिम बर्षमा कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
यस त्रैमासको अवधिसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन १६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षम भने २ अर्ब ६१ करोड रुपैयाँ व्यवसाय भित्रयाउन सफल भएको छ।

गत आर्थिक बर्षको अन्त्यसम्ममा भने कम्पनीको नाफा १६ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष कम्पनीले ४५ करोड १५ लाख रुपयाँ मुनाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा ३८ करोड ८ लाख रुपैयाँ थियो ।
कम्पनीले ७० करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने एक अर्ब ७७ करोड रुपैयाँ कुल भुक्तानी हुन बाँकी दाबी मात्रै रहेको छ ।
कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ११ करोड रुपैयाँ र जगेडा कोषमा ४८ करोड ५ लाख रुपैयाँ रकम संचित रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेर्टवर्थ २४३ रुपैयाँ २६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*