नेपाल टेलिकमको खुद नाफा २३ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

३१ श्रावण २०७८, आईतवार ११:५८

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७ अर्ब ४५ करोड ४० लाख भन्दा बढी खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २३ दशमलव ४५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ९ अर्ब ७४ करोड ८९ लाखभन्दा बढी खुद नाफा कमाउन सफल भएको थियो ।

अघिल्लो आवको तुलनामा गत वर्ष कुल आम्दानी ३ दशमलव १४ प्रतिशतले कम भएकाले पनि कम्पनीको खुद नाफा २३ प्रतिशतले नै कम भएको हो ।

त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १५ अर्ब रुपैयाा रहेकोमा जगेडा कोष रकम भने अघिल्लो वर्षको तुलनामा ६ दशमलव २० प्रतिशतले बढेर ८१ अर्ब ६० करोड ६९ लाख रुपैयाँ भन्दा बढी पुगेको छ ।

साथै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ६९ पैसा रहेको छ भने वार्षिक प्रतिशेयर नेटवर्थ ६४४ रुपैयाँ ०५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*