सुनको मूल्य तोलामा १ हजारले बढ्यो, कतिमा हुुदैछ कारोबार ?

३१ श्रावण २०७८, आईतवार १२:३२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ ।

हिजो शुक्रबार भने छापावाला सुनको प्रतितोला ८९ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार २ सय कायम गरिएको थियो ।

यस्तै आज सुनको मूल्य बढ्दा चाँदी पनि २० रुपैयाँले बढेको छ । हिजो चाँदीको मूल्य ११८५ मा कारोेबार भएकोमा आज बढेर प्रतितोला १२०५ कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*