एभरेष्ट इन्स्योरेन्सको नाफामा देखियो सामान्य सुधार, अन्य सूचक कस्तो ?

३१ श्रावण २०७८, आईतवार १४:३६

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफामा सामान्य सुधार देखिएको छ ।कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २० करोड ३८ लाख ७१ हजार परुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा २० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीले खुद नाफा ० दशमलव ६० प्रतिशतले मात्रै बढेको हो ।

कम्पनीले यस त्रैमासको ४३ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ३० लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीले यस त्रैमासको अवधिसम्ममा १३ करोड ७८ लाख रुपैयाँ लगानी कर्जा तथा अन्य बाट आम्दनी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले यस शिर्षकबाट १२ करोड ६२ लाख ४१ हजार रुपैयाँ आम्दनी गरेको थियो ।

एक लाख १ हजार ५ सय ४ बीमालेख जारी गरी एक अर्ब एक करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १८ करोड ३६ लाख रुपैयाँ रहेको छ भने कम्पनीको हालको जगेडा कोषमा ३८ करोड ३३ लाख रुपैयाँ संचिती रहेको छ ।
प्रति शेयर आम्दानी १७ रुपैयाँ २२ पैसा रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १६८ रुपैयाँ ४४ पैसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*