३ कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको ३ करोड ५५ लाख ११ हजार ९३४ कित्ता शेयर किनबेच भएको छ । साताको पहिलो दिन नेप्से २४.५७ अकंले घट्दा पनि साढे २१ अर्ब माथि कारोबार भएको छ ।
आज खानीखोला हाईड्रोपावर, जीवन विकास लघुवित्त र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै आइसीएफसी फाइनान्सको सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका हुन् । मिर्मिर माईक्रोफाइनान्सको ८.९७ प्रतिशत अकं र नेपाल बैंककोे ७.३१ प्रतिशत अकंले वृद्धि भएको हो ।
यस्तै आज गुमाउने कम्पनीहरुमा एनआईबिएल प्रगति फण्डको ८.५४ प्रतिशत अकं, रिडि हाईड्रोपावर डेभलपमेन्टको ८.५२ प्रतिशत अकं, श्री इनभेष्टमेन्ट फाइनान्सकोे ७.८८ प्रतिशत अकं र रसुवागडि हाईड्रोपावर कम्पनीको ६.३४ प्रतिशत अकं घटेको हो ।