मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

८ भाद्र २०७८, मंगलवार १२:००

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ ।

संस्थाले संस्थापक समूहतर्फको न्यूनतम मुल्य प्रति शेयर ५८० रुपैयामा ५ लाख ८३ हजार ५९८ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

इच्छुक शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक ब्यक्ति तथा संघ संस्थाले भदौ १६ गते दिउसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि संस्थाको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा प्रति कित्ता के कति दर रेटमा खरिद गर्न चाहेको हो सम्पूर्ण विवरण खुलाई आवेदन सक्नेछ ।

संस्थाको बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*