कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते, हकप्रद शेयर प्रस्ताव मुख्य एजेण्डा

८ भाद्र २०७८, मंगलवार १३:२९

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो ।

कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ २१ गते कुमारी बैंकको कार्यालय टंगाल काठमाडौंमा दिउँसो साढे १२ बजे हुने भएको हो ।

सभाले संचालक कम्पनीके चुक्ता पूँजीको एक शेयर बराबर एक (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ । साथै संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, आव २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ । साथै सभाले सोही आवको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत अर्थात् १ करोड ८० लाख (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*