नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका जारी, ऋणीलाई थप सुविधा

८ भाद्र २०७८, मंगलवार २१:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि एकीकृत निर्देशिका जारी गरेको छ । गत साता जारी गरेको मौद्रिक नीति कार्यान्वयन गर्न आज एकीकृत निर्देशिका जारी गरेको हो ।

आज जारी गरेको एकीकृत निर्देशिकामा राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो गणनाको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । मौद्रिक नीतिमा अहिलेको सीसीडी हटाएर सीडी रेसियो गणना गर्ने व्यवस्था गरेको थियो । सो सोही व्यवस्था अनुसार तरलता गणना गरिनेछ ।

नयाँ व्यवस्था अनुसार बैंकहरुको सिडी रेसियो २०७९ असार मसान्तभित्र ९० प्रतिशत कायम हुनुपर्ने उल्लेख थियो । सीडी रेसियोको नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तिय संस्थाहरुको कर्जा क्षमता एक खर्ब रुपैयाँले बृद्धि भएको जनाइएको छ ।

आज जारी एकीकृत निर्देशिका अनुसार सेयर धितो कर्जामा नियामक निकाय राष्ट्र बैंकले थप कडाइ गरेको छ । त्यस्तै शेयर धितो कर्जाको सीमा समेत तोकिएको छ । अब एउटा व्यक्ति वा संस्थाले एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँसम्म मात्रै सेयर धितोमा कर्जा लिन पाउँछन् । र सेयर धितोमा अब एक वर्ष अवधीका लागि मात्रै कर्जा पाइने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार एक करोड रुपैयाँसम्म कृषि कर्जामा आधार ब्याजदरमा दुई प्रतिशत थप गरी कर्जा लिन पाइने भएको छ ।

2078_05_08Directive-No.2-A-B-C-1

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*