नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

९ भाद्र २०७८, बुधबार १२:००

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो ।

बैंकले इन्फ्रा एक्सलेन्स र रिस्क म्यानेजमेन्ट (असिस्टेन्ट म्यानेजर/डिप्युटी म्यानेजर) पदका लागि १–१ जना कर्मचारी माग गरेको हो । साथै लिडमा इन्स्टिच्युसन एण्ड स्टेकहोल्डर्स इन्गेजमेन्ट तथा पोलिसि एड्भोकेसिको लागि एक जना कर्मचारी माग गरेको छ ।

त्यस्तै, बैंकले सेक्टोरल लिडमा ४ जना, फाइनान्स/अकाउन्टेनमा एकजना, रिस्क एण्ड कम्प्लियन्समा एकजना, प्रोजेक्ट फाइनानिसङमा २ जना र असिस्टेन्ट/सिनियर असिस्टेन्ट/सुपरभाइजरमा दुई जना कर्मचारी माग गरेको छ ।

योग्यता पुगेको इच्छुक व्यक्तिले भदौ २३ गतेसम्म बैंकको वेबसाइट  https://www.nifrabank.com/career मार्फत दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत – फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*