एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

१० भाद्र २०७८, बिहीबार ११:००

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहतर्फको ८२ हजार ५६६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनी अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५ सय कित्ता शेयर बैंकले बिक्री गर्न लागेको हो । गोयल र ढुंङ्गेलले बिक्रीका लागि सञ्चालक समिति समक्ष निवेदन दिएकोमा बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण कागजात खुलाइ विकास बैंकको केन्द्रिय कार्यालय विर्तामोड झापामा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्ति तथा संघ संस्थाका लागि बिक्री प्रकिया अगाडि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*