गुर्खाज फाइनान्सको स्थगित वार्षिक साधारण सभा भदौ २४ गते, के–के छन् एजेण्डा ?

१० भाद्र २०७८, बिहीबार ११:४३

काठमाडौं । गुर्खाज फाइनान्सले कोरोना महामारीको कारण स्थगित भएको २६ औं साधारण सभा डाकेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सभा भदौ २४ गते बिहिबार गर्ने जनाएको हो ।

कम्पनीको संचालक समितिको गत चैत्र २६ गते बिहिबार बसेको ४१६ औं बैठकले आर्थिक वर्ष २०७६/०७७ को २६ औं वार्षिक साधारण सभा गत वैशाख २१ गते मंगलबार बस्ने निर्णय गरेकोमा कोरोना महामारीको कारण स्थगित गरिएको थियो ।

संचालक समितिको भदौ ९ गते बुधबार बसेको ४२४ औं बैठकले उक्त स्थगित भएको बार्षिक साधारण सभा भदौ २४ गते होटल क्राउन इमपेरियल, सोल्टीमोड काठमाडौंमा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ ।

सभामा आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

साथै संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबााट तीन जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरिसेकेको छ । जसअनुसार वैशाख ५ गतेसम्मका कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*