जीवन विकास लघुवित्तको शेयरमूल्य ५ हजार माथि, एक हजार लगानी गरेको महिना दिनमै ५० हजार आम्दानी

१० भाद्र २०७८, बिहीबार १२:२४

काठमाडौं । जीवन विकास लघुवित्तको दोस्रो बजारमा एक महिनाको अवधिमै कारोबार ५ हजार माथि उकालो लागेको छ। यो लघुवित्तको सेयर उकालो लागेर ५ हजार १ सय ९८ रुपैयाँ पुगेको छ। आज पनि यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। आजमात्रै सेयरभाउ प्रतिकित्ता ४७२ रुपैयाँले बढेको छ।

साउनको दोसो सातादेखि जीवन विकास लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारमा आएको थियो। पहिलो दिनको स्पेसल प्रि–ओपन सेसनमै यो लघुवित्तको सेयर ९१४ रुपैयाँमा कारोबार भएको थियो। लगातारको पोजिटिभ सर्किट लागेर जीवन विकास लघुवित्तको सेयरभाउ प्रतिकित्ता ५ हजार रुपैयाँ नाघेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*