हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । पूँजी बजार कारोबारको अन्तिम दिन २३२ कम्पनीको २ करोड १६ लाख ३३ हजार ४३६ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ३७ करोड ३९ लाख ५५ हजार ८२१ रुपैयाँको कारोबार भएको छ ।
आज हाइड्रोपावर र विकास बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज ९३ करोड ८४ लाख ४० हजार ९०० रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै दोस्रोमा अरुण काबेली पावरको ४५ करोड, तेस्रोमा रिडि हाइड्रोपावरको ३४ करोड, चौथोमा महालक्ष्मी विकास बैंकको ३१ करोड र पाँचौमा कामना सेवा विकास बैंकको २९ करोड भन्दा माथिको कारोबार भएको छ ।