नेप्से दोहोरो अंकले बढ्दा १३ अर्बमाथिको शेयर कारोबार, अरुण भ्यालीको सर्वाधिक
काठमाडौं साताको अन्तिम कारोबारको दिन नेप्से १७।६० अंकले बढ्दा ३, ०९४। ०५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा हरीयाली छाँउदा आज २ सय ३२ कम्पनीको शेयर कारोबार हुँदा १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज म्युचुअल फन्डका इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् ।
अरुण भ्याली हाईड्रपावरको आज सर्वाधक कारोबार भएको छ । कम्पनीको आज ९३ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अरुण काबेली, रिदि हाईड्रोपावर, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंैक, आइसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाईड्रोपावर, अपी पावर र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।