बुढानिलकण्ठमा एभरेष्ट बैंकको नया शाखा विस्तार

११ भाद्र २०७८, शुक्रबार १३:००

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो १०५ औं शाखा बुढानिलकण्ठ काठमाडौंमा संचालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिकाका वडा न ३ का वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । नयाँ शाखा विस्तार भएसँगै बुढानिलकण्ठको बासिन्दाहरुले अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा पाउने विश्वास नगरपालिकाले गरेको छ ।

थप एक शाखा बिस्तार गरेसंगै बैंकले १०५ शाखा कार्यालय र १३७ एटिएमबाट बैंकिङ सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*