एनएमबि क्यापिटलको साधारणसभा असोज १ गते, एनएमबि बैंकले क्यापिटलबाट ३० प्रतिशत लाभांश पाउने

११ भाद्र २०७८, शुक्रबार १४:३२

काठमाडौं । एनएमबि क्यापिटलबाट एनएमबि बैंकले चुक्ता पूंजीको ३० प्रतिशत लाभांश पाउने भएको छ । बैंकको क्यापिटलमा शतप्रतिशत लगानी रहेकोले लाभांश बैंकले पाउने भएको हो ।

बैकले असोज १ गते आरण्य बुटिक होटल हात्तिसार काठमाडौं बिहान ११ः३० मा गत आवबाट क्यापिटलले चुक्ता पूंजीको ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित ११ औं वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३ गते सम्पन्न सञ्चालक समितिको बैंठकले चुक्ता पूंजीको कर सहतिको ३० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव अनुमोदन गर्नेछ ।

यसका साथै उक्त साधारण सभाले सञ्चालक समितिकोबाट अध्यक्षद्धारा वार्षिक प्रतिवदेनमाथि छलफल र आवको असार मसान्तसम्मको लेखापरीक्षक प्रतिवेदन माथि पनि छलफल हुने भएको छ । यस्तै, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतकाच वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने एजेण्ड रहेको छ ।उक्त साधारण सभाले चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती समेत गर्न छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*