बीमा समितिद्वारा ३६ थरी बीमाका लागि न्यूनतम् दररेट स्वीकृत

७ आश्विन २०७८, बिहीबार २०:४७

काठमाडौं । बीमा समितिले यसअघि दर रेट नतोकेको नन् ट्यारिफ बीमा सेवा सम्बन्धमा न्युनतम दररेट स्वीकृत गरेको छ । बीमा समितिले आज विभिन्न तीन विधाका ३६ थरी बीमा सेवाको दर रेट स्वीकृत गरेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई आज एक निर्देशन पठाउँदै नन् ट्यारिफ बस्तु तथा सेवाको बीमा गर्दा आजैका मितिदेखि लागू हुने गरी न्यूनतम् दर रेट कायम भएकोले सोही बमोजिम बीमा कारोबार गर्न निर्देशन दिएका छन् ।

बीमक कम्पनीहरुले पुनर्बीमा कम्पनीसँगको छलफलपछि तयार पारेको ट्यारिफलाई स्वीकृत गरिदिएको बीमा समितिले जनाएको छ ।

अबदेखि उक्त न्यूनतम् ट्यारिफ अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्नेछ । अन्य बीमा सेवामा तोकिएको ट्यारिफ यथावत रहेको बीमा समितिले जनाएको छ ।

 

One thought on “बीमा समितिद्वारा ३६ थरी बीमाका लागि न्यूनतम् दररेट स्वीकृत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*