बीमा दररेटविरुद्ध भौतिक पूर्वाधार निर्माण सम्बद्ध इप्पान र निर्माण व्यवसायी महासंघ आन्दोलित

१५ पुष २०७८, बिहीबार ०८:४४

काठमाडौं । बीमा समितिले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमाको दररेट सम्बन्धमा भौतिक पूर्वाधार निर्माण सम्बद्ध दुई संस्था आन्दोलित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका रवि सिंह र स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद आचार्यले हिजो संयुक्त विज्ञप्तिमार्फत बीमा समितिले जारी गरेको दररेट तत्काल नहटाए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

बीमा समितिले मंसिर ६ गते नन् ट्यारिफ व्यवसायभित्र पर्ने ३६ थरी बीमामाथि नयाँ दररेट स्वीकृत गरेको थियो । सो दररेटमा भौतिक पूर्वाधारको बीमा गर्दा निकै महंगो शुल्क लगाइएको उनीहरुको आरोप छ । हालको नयाँ व्यवस्थाले भौतिक पूर्वाधारको बीमा शुल्कमा आठ गुणासम्म बृद्धि भएको भन्दै जलविद्युत सम्बद्ध कम्पनीहरुको संस्था इप्पान र निर्माण व्यवसायी महासंघ आन्दोलित भएको हो ।

नयाँ व्यवस्थामा एक्सेस भ्यालु अव्यवहारिक बनाइएको, अधिकांश जोखिमको दावी भुक्तानी नै नगर्ने गरी सेटिङ गरिएको आरोप बीमा समितिमाथि लगाएका छन् ।

उता, हिजै नेपाल बीमक संघले दररेट तोक्ने अन्तर्राष्ट्रिय प्रचलन भएको भन्दै बीमा समितिको निर्णयको बचाऊ गरेको थियो । पछिल्लो समय दुई संस्थाबीचमा चर्काचर्की पर्दै गएको छ । बीमक कम्पनीहरुको साझा संस्थाले जलविद्युत लगायतका पूर्वाधार क्षेत्रको बीमा गर्दा धेरै क्षति परेपछि बीमा गर्न नमान्ने प्रवृत्ति बढिरहेको छ । यही अवस्थाका बीचमा बीमा समितिले पूर्वाधार बीम समितिका ३६ बीमामा अस्वस्थ्य प्रतिस्पर्धा रोक्न बीमक संघकै सिफारिसमा नयाँ दररेट कायम गरी लागू गरेको थियो ।

इप्पान र निर्माण व्यवसायी महासंघले अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेर बहादुर देउवा समेतलाई भेट गरी समस्या समाधान गर्न आग्रह गरिसकेका छन् । बीमा समितिले भने समस्यामाथि छलफल गर्नुको साटो जम्बो टोलेर बोकेर बीमा सचेतना अभियानको नाममा तराई भ्रमणमा रहेको छ ।

इप्पान र निर्माण व्यवसायी महासंघले पुस १० गते प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ७ दिने अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम यही पुस १७ गते सकिदैछ ।

 

बीमा समितिद्वारा ३६ थरी बीमाका लागि न्यूनतम् दररेट स्वीकृत

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*