स्वस्तीराजको बीमा दैनिकी

रिना खत्री
२७ आश्विन २०७८, बुधबार १९:३२

काठमाडौं । बैंकमा जागिरे, जागिरसँगै व्यवसाय र समाजसेवी पनि । स्वस्तीराज ओली केही फरक खालको नयाँ दैनिकीको खोजिमा भौतारिरहेका थिए ।

दोलखादेखि उच्च शिक्षा र जागिरको शिलशिलामा काठमाडौं प्रवेश गरेका स्वस्तीराज ओलीको जीवनमा बीमा अभिकर्ताको पेशाले अभूतपूर्व परिवर्तन मात्रै ल्याएको छैन, तीन वर्षको अवधीमा पछाडि फर्केर हेर्नुपरेको छैन ।

जागिरमा काम गर्दा समयको परिधिमा बस्नुपर्ने वाध्यता भन्दा भिन्नै खालको जागिर गर्ने सोच थियो उनको । घरपरिवारलाई पनि समय दिन सकियोस्, स्वतन्त्र पेशा होस्, आम्दानी पनि होस् भन्ने सोच सधैं मनमा आइरहेको थियो त्यसैले जागिर बाहेक अरु के हुनसक्छ भन्दै सधैं सोचिरहेका हुन्थे ।

उनको यस्तो सोचलाई पूरा गरिदियो यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले । मनमा स्वतन्त्र पेशा अपनाउने मनसाय लिएर हिडेका थिए ओलीले । जब उनी बीमा क्षेत्रमा प्रवेश गरे जीवन बीमा अभिकर्ता पेशा अंगाल्न पुगे । जुन पेशा उनले सोचे जस्तै भइदियो । यूनियन लाइफ इन्स्योरेन्समा एक बर्ष काम गरिसकेपछि महालक्ष्मी हुँदै हाल सूर्या लाइफ इन्स्योरेन्समा आवद्ध छन् स्वस्ती ।

बीमा अभिकर्ता पेशामा आवद्ध हुनु अघि बैंकमा काम गर्ने ओली यो पेशामा आवद्ध भए सँगै एकदम सन्तुष्ट प्राप्त गरेको बताउँछन् । टिमबाट काम हुन्छ यहाँ, तर बैंकमा त्यो सम्भव थिएन, आफु अनुकुलको समय दिन सकिन्छ, स्वच्छ पेशा छ, त्यसैले बैंक भन्दा यहाँ बढी सन्तुष्ट भएको उनले बताए ।

स्थायी घर दोलखा भएका स्वस्तिराज ओली हाल ललितपुुर हरिहर भवनमा श्रीमती र एक छोरीसँग रहँदै आएका ओली यो पेशामा सन्तुष्ट रहेको बताँछन् । व्यवस्थापन संकायमा स्नातक तह उत्तिर्ण गरेका ओली हाल सूर्या लाइफको सिनियर एजेन्सी म्यानेजर भइसकेका छन् ।

उनी भन्छन्, ‘बीमा क्षेत्रमा आवद्ध हुनु भन्दा अगाडि बीमाका बारेमा खासै जानकारी थिईन, एक दिन एउटा साथीको कुरा सुनेर युनियन लाइफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता तालिममा सहभागि भएको थिए । त्यस तालिमले नै मलाई अभिकर्ता पेशामा लाग्न प्रेरित गर्यो, मैलै त्यहिबाट बुझे बीमालाई अनि यस पेशालाई अंगाले ।’

बीमा अभिकर्ताको लागि तालिम निकै महत्वपूर्ण रहेको अनुभव गरेको ओली भन्छन्, ‘सिनियर डिजिएमको अभिकर्ताको तालिमले मलाई एकदमै यो पेशामा आउन प्रेरित गर्यो, राम्रो आम्दानी, कमिशन साथै समाजसेवा हुने कामले गर्दा पनि म यो पेशामा संलग्न भए’, उनले भने ।

बीमा अभिकर्ताको लाइसेन्स पाएपछि सुरुमा आफ्नै बीमा गराएका ओली भन्छन् मेरो इन्स्योरेन्स थिएन र मैले आपैmबाट सुरु गरे आफुले इन्स्योरेन्स गरे पछाडि अरुलाई उत्प्रेरण दिन सहज हुन्छ भनेर मैले आफैबाट सुरु गरेको थिए ।

आफ्नो, परिवारको बीमा गराएपछि उनले एक जना बहिनीको बीमा गराएका थिए । पहिलो बीमा गराउँदा खासै मेहेनत भने गर्नु नपरेका उनलाई बीमा व्यवसायमा सुरुवाती अवस्था भने निकै चुनौतिपूर्ण रहेको सम्झन्छन् । ‘बीमाका महत्व र आवश्यकताका बारेमा मैले उहाँलाई जानकारी दिँदा एउटै परिवार भएको नाताले स्वीकार गर्नुभयो’ ओलीले पहिलो बीमा अनुभव यसरी सुनाए ।

यस पेशामा हेर्दा अझै पनि कोही अभिकर्ताहरु जो चाहिँ प्रोफेशनल हुन सकेनन, त्यस्ता अभिकर्ताहरुले गर्दा आज समाजमा अभिकर्ता पेशा बद्नाम हुन पुगेको उनको अनुभव छ । बीमा अभिकर्ताले पर्याप्त ज्ञान नभई जथावभावी मार्केटिङ गर्दा समस्या आएको उनको अनुभव छ ।

‘तालिम नलिने बीमाका बारेमा थौरै ज्ञान हुने वित्तिकै ग्राहकसामु पुग्ने, प्रोडक्टको बारेमा पनि ज्ञान नहुने केही साथीहरुको कारणले गर्दा सबैमा असर पुग्न गएको छ’ उनले समस्याबारे सविस्तार बताए । बीमितहरुबाट पैसा संकलन गर्ने र पैसाहरु आफै खर्च गरिदिने केही अभिकर्ताहरु पनि बजारमा पाईन थालेको ओलीको फेला परेको दुखेसो पोखे ।

अझै पनि बीमा चेतनाको कमीले बीमा अभिकर्ता पेशा दिनप्रति दिन धराशायी बन्दै जाने हो कि भन्ने चिन्ता ओलीमा छ । उनी भन्छन् ‘कतिपय अभिकर्ता साथीहरुले गलत जानकारी दिने गरेको पाईन्छ यो चाहिँ बीमा क्षेत्रको अर्को चुनौति हो । बीमितबाट पैसा लिने, कम्पनीमा बुझाउन नजाने जस्ता गलत कार्यहरु अझै पनि विकराल नै रहेको छ ।’

आफूले बीमा गराएका बीमितिको भलो सोचिरहेका हुन्छौ हामी, बीमितिहरुको भावी सुरक्षणको जिम्मेवारी बोकेर हामी हिडिरहेका हुन्छौ । यो हाम्रो दायित्व हो । बीमा अभिकर्ताको दायित्वबारे ओलीले अगाडि भने, हामी ‘अभिकर्ताहरुले सरकारलाई कर तिर्छौ, जसले गर्दा राष्ट्र निमार्णमा पनि ठोस सेवा पुग्छ । समाजमा छरिएर रहेका पुँजिलाई संकलन गर्छौ, यसरी संकलन गरिएका पुँजि बैंकमा जान्छ र देश विकासमा मोभिलाइज र रि युज गर्न सकिन्छ ।’

बीमा क्षेत्रमा अझै पनि भ्रम नै बढिरहेको उनी सुनाउँछन् । बीमिति सम्क्ष बीमा पोलिसीबारे विस्तृृत जानकारी दिँदाको घटना स्मरण गर्दछन्, मरे पछि आउने पैसा के काम भन्ने उत्तर दिने गरेको बताउँछन् ओली । तर, कतिपयले बुझाए पछि सहजै बुझ्ने गरेको अनुभव बीमापोष्ट डटकमार्फत बाड्छन् ।

ओली भन्छन् कम्पनी प्रोफाइल, प्रोडक्टको बारेमा पोख्त, ग्राहकको स्वभाव कस्तो छ त्यो बुझ्न सक्ने क्षमता चाहिन्छ, ग्राहकहरुको पारिवारिक अवस्था साथै उसको आम्दानी कस्तो छ, थाहा पाएर मात्र त्यसै अनुसारको उपयुक्त प्रोडक्टका बीमितलाई बीमा पोलिसी हस्तान्तरण गनुपर्छ, अन्यथा बीमा कम्पनी, बीमित र बीमा अभिकर्ता सबैले दुःख पाइने उनको अनुभव छ । ‘तर नेपालमा यसको धेरै नै गलत अभ्यास भएको हामी पाउछौ जसको परिणाम बीमा कम्पनीहरुले सहज रुपमा भोगिरहेको हामीले देख्दै आईरहेका छनौ,’ ओलीले भने ।

अभिकर्ताहरुले ग्राहकलाई बीमा पोलिसी बिक्री गर्न आफ्नो कमिशन छुट दिने, विभिन्न किसिमका गिफ्टजन्य सामानहरु, विभिन्न खालका प्याकेजको प्रलोभनमा पारेर बीमा गर्न प्रेरित गर्नु अभिकर्ता पेशामा बढ्दै गएको नराम्रो पक्षहो । ओली पछिल्लो समय बीमा अभिकर्ता पेशामा देखा पर्दै गएको विकृत हो भन्छन् । कोही मान्छे दिनभरि काम गर्छ र उसले कमिशन वा ज्याला प्राप्त गर्छ, जो उसको अधिकारको कुरा हो । सबैले यो बुझ्न जरुरी रहेको ओलीले बताए ।

बीमा कम्पनीहरु बीच हुने अस्वस्थ प्रतिस्पर्धा बीमा अभिकर्ताको चुनौतिको विषय रहेको ओलीले बताए । बीमा अभिकर्ताको लागि आफुले बीमा गरेको बीमाको कमिशन लिनु पाउनु अधिकारको कुरा हो भन्छन् ओली ।

विकृति बढ्नुमा बीमितको क्षमता अनुसार बीमा पोलिसी खरिद गर्न प्रेरित नगर्नु पनि यसको मुख्य कारण हो । बीमा समितिले बीमा कम्पनीहरुलाई पोलिसी ल्याप्सको दर घटाउन बेलाबेलामा निर्देशन दिईरहेको हुन्छ । तर आजसम्म अभिकर्ताहरुलाई तालिम दिएको थाहा छैन । कम्पनीमा आवद्ध अभिकर्ताको, यसमा नियमक नियाकको बेलैमा ध्यान जान जरुरत रहेको उनको बुझाई छ ।

ओली भन्छन् नेपाली समाजलाई बीमाको दायरामा ल्याउने मूख्य भुमिका अभिकर्ताहरुको नै हुन्छ । कम्पनीहरु गाँउ गाँउ, टोल टोल पुग्न सक्दैनन्, कम्पनी पुग्न नसकेको ठाँउमा पुग्ने भनेको नै अभिकर्ताहरु हुन्, त्यसैले सबै भन्दा बढी जिम्मेवार त अभिकर्ताहरु नै हुन्छन् जस्तो लाग्छ ।

अभिकर्ताहरु शहर केन्द्रित मात्र हुनु हुँदैन । बीमाको दायरा सबैमा पुर्याउनका लागि महत्वपूर्ण योगदान अभिकर्ताहरुको नै हुने भएकाले गाँउमा पनि गएर बीमाको प्रचार गर्नुपर्छ । बीमा गराउनुभन्दा पनि बीमाको शिक्षा दिनुपर्छ, उनले भने ।

समाजले बीमा अभिकर्ताहरुलाई हेर्ने दृष्टिकोण नै फरक रहेकोमा गुनासो छ । कमिशनका लागि मात्रै काम गर्ने व्यक्तिका रुपमा समाजले बीमा अभिकर्तालाई हेर्ने गरेकोमा त्यसलाई समाजसेवा, जनताको सेवा र देशको अर्थतन्त्र बलियो पार्न भूमिका निर्वाह गर्ने तथ्यपरक बुझाई जनताको बीचमा पुर्याउन अझै समय लाग्ने धारणा राख्छन् ।

बीमा व्यवसाय विकास र विस्तारका लागि अभिकर्ताको महत्वपूर्ण भुमिका रहने ओलीकोे तर्क छ । कहिलै बीमाबारे नसुनेका र नबुझेका मानिसहरुलाई सम्झाई, बुझाई बीमा गर्न प्रोत्साहन गर्ने व्यक्ति बीमा अभिकर्ता हुन् त्यसैले बीमा पेशालाई मर्यादित बनाउन बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति र बीमा कम्पनीको बेलैमा ध्यान जानु जरुरी रहेको ओलीको धारणा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*