बीमा समितिले जारी गरेको मंसिर ९ गतेको निर्देशनको वैधानिकतामाथि प्रश्न, अध्यक्ष सिलवालद्वारा अख्तियारी दुरुपयोग गरेको खुलासा

१७ मंसिर २०७८, शुक्रबार २१:४३

काठमाडौं । बीमा समितिले यही मंसिर ९ गते नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले नेपालमै पुनर्बीमा गर्नुपर्ने र विदेशी बीमा कम्पनीमा जानु परेका बखत नेपाली पुनर्बीमा कम्पनीबाट अनिवार्य सिफारिस लिनुपर्ने भन्ने व्यवस्था सम्बन्धी निर्देशन दिने कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनको वैधानिकता माथि नै प्रश्न चिन्ह उठेको छ ।

बीमा समितिको यही मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठक पुनर्बीमा व्यवसाय कुन पुनर्बीमा कम्पनीमा गराउने भन्ने कुनै निर्णय नै नभएको तथ्य फेला परेको छ । कार्यकारी निर्देशक पौडेल आफै सदस्य सचिवको रुपमा बीमा समितिको सञ्चालक समितिको बैठकमा सहभागी थिए । सो बैठकमा उपस्थित तीन जना मध्ये एक जना सञ्चालकले मार्ईन्यूटको भाषा नमिलेको र स्पष्ट खुलाएर ल्याउन भनेपछि दोस्रो माईन्यूट तयार पारिएको थियो ।

सो बैठकमा उपस्थित अर्का एक जना सञ्चालकको हस्ताक्षर हुन बाँकी छ । सहभागी सञ्चालकले आफ्नो माईन्यूटमा नोट अफ डिसेन्ट लेखेमा उक्त निर्णय थप संकटमा पर्नेछ । दोस्रो माईन्यूटमा अध्यक्षलार्ई पुनर्बीमा सम्बन्धी आवश्यक निर्देशन दिन मात्रै अख्तियारी दिएको माईन्यूट गरिएको थियो । बैठकमा सहभागी एक सञ्चालकका अनुसार सो दिनको बैठकले अध्यक्ष सिलवाललाई पुनर्बीमा क्षेत्रमा सकारात्मक सुधारका लागि सकारात्मक नियत राखेर आवश्यक निर्देशन दिने अपेक्षा सहित त्यस्तो निर्णयमा हस्ताक्षर गरिएको भन्दै अध्यक्ष सिलवालले कुत्सित अभिप्रायः राखेर फसाएको आशय व्यक्त गरेका छन् । यसबाट बीमा समितिका अध्यक्ष सिलवालको आगामी यात्रा संकटमा परेको छ ।

तर, अध्यक्ष सूर्य प्रसाद सिलवालले सञ्चालक समितिले दिएको अख्तियारी दुरुपयोग गरी कार्यकारी निर्देशक राजुरमण पौडेललाई गलत निर्देशन दिन लिखित आदेश दिएको खुलेको छ । कार्यकारी निर्देशक आफै सदस्य सचिव हुने सञ्चालक समितिको निर्णय भन्दा विपरितको आदेश अध्यक्ष दिएको अवस्थामा त्यस्तो आदेश अस्वीकार गर्नुपर्नेमा त्यसो नगरी अध्यक्षको अख्तियारी दुरुपयोगलाई सदर गरेको खुलेको छ । बीमा समितिका डर, धाक, धम्की देखाई, कार्यकारी निर्देशकको कार्यकक्षमा आफै पुगेर हस्ताक्षर गर्न लगाउने अध्यक्ष सिलवालले बाध्यतामा पारेर कार्यकारी निर्देशकलाई हस्ताक्षर गराउन लगाएको समेत हुनसक्ने देखिएको छ ।

बीमापोष्टलाई प्राप्त जानकारी अनुसार उक्त निर्देशन दिने पर्याप्त आधार कार्यकारी निर्देशकसँग नभएको र सो सम्बन्धमा बीमा समितिको सञ्चालक समितिले निर्णय नै नगरेको र सञ्चालक समितिले निर्णय नगरेको विषयमा अध्यक्ष सूर्य सिलवालले गैर कानुनी रुपमा दिएको आदेश मान्न बाध्यकारी समेत नहुने देखिएको छ । अध्यक्षले पदीय दुरुपयोग गरी गलत निर्देशन दिएको अवस्थामा कार्यकारी निर्देशकले समेत आफैले सञ्चालक समितिको बैठकमा गरेको माईन्यूट विपरित हुने गरी निर्देशन जारी भएको खुलेको छ ।

अध्यक्ष सिलवालले माफियासँग सेटिङ गरी बीमा क्षेत्रलाई ध्वस्त पार्ने र हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई अर्बौ रुपैयाँ नाफा हुने गरी पुनर्बीमा व्यवसाय अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेमा शंका उत्पन्न हुन आएको छ ।

 

सम्पादकीय

बीमा व्यवसाय तहस-नहस पार्ने सूर्य सिलवाल बीमा समितिको अध्यक्ष पदबाट राजिनामा देऊ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*