निर्जिवन बीमा कम्पनीहरुको सङ्ख्या घटाउने योजना छ, नयाँलाई लाइसेन्स दिन्नौः अध्यक्ष सिलवाल

२० बैशाख २०७९, मंगलवार १७:०६

काठमाडौं । लुम्बिनी प्रदेशमा क्रियाशिल बीमाकर्मीहरुको नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) च्यापटरको आयोजनामा बीमा समितिसँगको अन्तक्रिया कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रम रुपन्देहीको मणिग्राम स्थित डिमल्याण्ड रिर्सोटमा आज सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बिशेष अतिथिमा कार्यकारी निर्देशक राजुरमण पौडेल र निप्स लुम्बिनि च्याप्टरका अध्यक्ष किरण काफ्लेको उपस्थितीमा कार्यक्रम भएको हो । कार्यक्रममा जीवन र निर्जिवन बीमा कम्पनीहरुको प्रदेश प्रमुख र शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम संचालन निप्सका उपादक्ष्य गोपाल ज्ञवाली गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित अध्यक्ष सिलवालले पुँजि वृद्धिको योजना एक बर्ष भित्र सबै कम्पनीहरुले पालना गनुपर्ने अन्यथा मर्जरमा जानुपर्ने बताएका थिए ।

त्यस्तै, हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुलाई मर्जर प्रस्ताव सहित सङख्या घटाउने योजना रहेको र नयाँलाई लाईसेन्स नदिने उनले कार्यक्रममा बताएका थिए । निप्सद्धारा आयोजित कार्यक्रममा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको पुहँच वृद्धिको लागि माईक्रो लेभलसम्म पुग्दा थप सहयोग पुग्ने धारण व्यक्त गरेका थिए । उक्त छलफल कार्यक्रममा विधमान समस्याहरुको बारेमा बीमकको तर्फबाट प्रश्न सोधिएको थियो भने उक्त बिषयमा छलफल गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा बीमा कम्पनीहरुको नियमन तथा व्यवसाय विस्तारमा बीमा कम्पनीहरुबाट उठेका प्रश्नहरुको बिषयमा बीमा समितिका कार्यकारी प्रमुख राजुरमण पौडलले सम्बोधन गरेका थिए ।

One thought on “निर्जिवन बीमा कम्पनीहरुको सङ्ख्या घटाउने योजना छ, नयाँलाई लाइसेन्स दिन्नौः अध्यक्ष सिलवाल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*