नयाँ लाईसेन्स वितरण नगर्ने अध्यक्ष सिलवालको घोषणाले बीमा क्षेत्रमा तरंग

२० बैशाख २०७९, मंगलवार २१:०७

समाचार टिप्पणी

पछिल्लो एक सातामा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कुनै पनि नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण नगर्ने घोषणा गरेका छन् । निर्वाचनको मुखमा माफियाहरुले सेटिङमा लाईसेन्स हात पार्न गरेको भगिरथ प्रयासलाई धुलिसात गर्दै अध्यक्ष सिलवालबाट आएको श्रृंखलाबद्ध अभिव्यक्तिले बीमा क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ ।

बैशाख लागे लगत्तै तीन वटा माईक्रो इन्स्योरेन्स कम्पनीको लाईसेन्स ल्याउने भन्दै एउटा गिरोह काठमाडौंको एक होटलमै भेला भएर बसेका थिए । विभिन्न स्वार्थ समुहले अर्थमन्त्रालय प्रधानमन्त्री कार्यालय समेतलाई प्रभावमा पारेर जीवन बीमा, निर्जिवन बीमा तथा लघुबीमाको लाईसेन्स निकाल्ने भन्दै बाहिर बाहिरै रकम समेत संकलन भइरहेका थिए ।

 

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गत शुक्रबार पत्रकारहरुका माँझ आफ्नो कार्यकालमा कुनै पनि नयाँ कम्पनीको लाईसेन्स वितरण नगर्ने प्रतिबद्धता जनाए । उक्त कुरालाई सेटिङमा संलग्न तत्वहरुले खासै महत्व दिएका थिएनन् । बरु छिट्टै लाईसेन्स हात पार्नेमा आशावादी थिए । आज पुनः बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ लाईसेन्स वितरण नहुने स्पष्ट रुपमा बताए पछि विभिन्न रुपमा नयाँ लाईसेन्सका लविङ गरिरहेकाहरु हिस्स हुन पुगेका छन् ।

 

जनतालाई बीमा सेवा प्रवाह भन्दा पनि शेयर मूल्य बृद्धि भई १ः१० बनाउने योजनाका साथ लागेका सेटिङकर्ताहरु अध्यक्ष सिलवालको प्रतिबद्धता र भनाईबाट तनावमा परेका हुन् । नयाँ लाइसेन्स लिन प्रयासरत एक व्यक्तिले बीमापोष्टसँग आफूहरुको सपना चकनाचुर हुन लागेको गुनासो गर्र्न थालेका छन् । बीमा समितिका अध्यक्ष सिलवालले सार्वजनिक रुपमा प्रतिबद्धता जनाए जस्तै र आज बीमाकर्मीहरुका बीचमा भनेजस्तै नयाँ लाइसेन्ंस वितरण नगर्ने हो भने नयाँ कम्पनपीको लाईसेन्स मिलाउने भन्दै रकम उठाउन समेत भ्याईसकेका थुप्रै जना तनावमा पर्नेछन् ।

 

बीमा क्षेत्रको स्थायीत्व, विकास र समृद्धिका लागि नयाँ लाईसेन्स वितरण गर्न नहुने आवाज ढिलै भएपनि बीमा समितिका अध्यक्ष सिलवालले मनन् गर्न थालेकामा यस क्षेत्रका इमान्दार पेशाकर्मीहरु अध्यक्ष सिलवालको मन्तव्यबाट खुशी देखिएका छन् ।  पछिल्लो समय धेरै राजनीति घुसेको बीमा क्षेत्रमा नयाँ लाईसेन्स राजनीतिक पार्टीहरुले चुनाव खर्च उठाउने जोखिम बढिरहेको बेला अध्यक्ष सिलवालबाट अभिव्यक्तिले भने केही आशा गर्ने ठाउँ सिर्जना भएको चर्चा चल्न थालेको छ । आशा गरौं, अध्यक्ष सिलवालले शेयर लगानीकर्तालाई मात्रै फाइदा हुने नयाँ लाईसेन्सको चक्कर फस्नेछैनन् र बीमा क्षेत्रमा स्थायीत्व कायम हुनेछ ।

 

निर्जिवन बीमा कम्पनीहरुको सङ्ख्या घटाउने योजना छ, नयाँलाई लाइसेन्स दिन्नौः अध्यक्ष सिलवाल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*