सूर्या लाइफको व्यतित बीमालेखमा छुट, कहिलेसम्म पाईन्छ यो सुविधा ?
२१ बैशाख २०७९, बुधबार १६:४८
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट सुविधा दिने भएको छ । कम्पनीले बैशाख २१ गतेदेखि ३१ गतेसम्ममा सबै प्रकृया पुरा गरि नविकरण गराएमा छु्ट दिने जनाएको छ।
त्यस्तै, कम्पनीले अन्तिम बीमाशुल्क भुक्रानी गरेको मितिले २ बर्षदेखि ब्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गरिने जनाएको छ।कम्पनीले सन् २०२२ मा परिपक्व हुने बीमालेखहरुमा यो छुट सुविधा लागु नहुने जनाएको छ ।