छिमेक लघुवित्तको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा अधिकतम १२.५ प्रतिशतसम्म ब्याज पाइने

६ असार २०७९, सोमबार १०:३९

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९ को ब्यादरमा असार ५ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो ।

जसमा लघुवित्तले बिनाधितो कर्जा अन्तर्गत १० प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । साथै प्रशासनिक शुल्क १ प्रतिशत देखि १.५ प्रतिशतसम्म् तोकेको छ ।

त्यस्तै, धितो कर्जा अन्तर्गत लघुवित्तले १४.५० प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने प्रशासनिक शुल्क सबै खाले कर्जामा १.५०% निर्धारण गरेको छ ।

कम्पनीले दलित, मुक्त, कमैया, वादी, हलिया, द्धन्द्ध पीडित, एक महिला, अपाङ्ग तथा जेष्ठ नागरिकहरुको हकमा १ प्रतिशत विन्दुले व्याज सहुलियत प्रदान गर्ने जनाएको छ ।

यसबाहेक लघुवित्तले बचत सेवा अन्तर्गत ६ प्रतिशतदेखि १०.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छन् । साथै सर्वसाधारण निक्षेप अन्तर्गत बचत तथा निक्षेपममा ६ प्रतिशतदेखि १२.५ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*