१७ वर्ष सिइओ बनेका अनिल शाह नबिल बैंकबाट आज विदा हुँदै, आगामी यात्रा उद्यमतर्फ

६ असार २०७९, सोमबार १२:०७

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहको कार्यकाल आजदेखि समाप्त हुँदैछ । २०७५ साल असार ७ गतेदेखि नबिल बैंकको सिइओ पदको कार्यभार सम्हालेका शाहको आजदेखि ४ वर्षे कार्यकाल समाप्त हुने भएको हो ।

शाह बैकिङ्ग क्षेत्रमा ३० वर्षभन्दा बढी र १७ वर्षभन्दा बढी सिइओको पदभार ग्रहण गरिसकेका छन् । नबिल बैंकलाई उत्कृष्ट बैंकको दर्जामा पुर्याउन उनको ठूलो योगदान रहेको छ ।

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएपछि शाह नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । आजदेखि नबिल बैंकबाट उनी अवकाश हुँदैछन् ।

नबिल बैंकको संचालक समितिको अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र अन्य संचालकहरुको उपस्थितिमा शाहको आज विदाई हुँदैछ । आगामी वर्षहरुमा उनी उद्यमीतर्फ अग्रसर रहने उनले बताएका छन् ।

साथै शाहले नबिल बैंकको टोलीलाई आफ्नो व्यवसायिक सफलताको हिस्सामा योगदान दिएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*