सान्जेन जलविद्युत कम्पनीलाई ३ अर्बको आइपीओ जारी गर्न बोर्डको अनुमति

९ असार २०७९, बिहीबार १९:१८

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीलाई साधारण शेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ ।

कम्पनीलाई आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियहरुको लागि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई वर्षपछि बल्ल आयोजना प्रभावित स्थानियको लागि शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ६५ करोडको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ भने आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*