ङादी ग्रुप पावरले १ करोड कित्ता हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति

१० असार २०७९, शुक्रबार ११:०४

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । विद्युत नियमन आयोगबाट अनुमति प्राप्त गरेर बोर्डसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो ।

विद्युत नियमन आयोगले ङादी ग्रुप पावरलाई १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएकोमा कम्पनीले सो अनुपातमा हकप्रद जारी नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डले समेत हकप्रद जारी गर्न अनुमति दिएको छ ।

बोर्डको अनुमति पश्चात् अब ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर जारी गर्नेछ । सेबोनले असार ९ गते ङादी गु्रप पावरलाई हकप्रद जारी गर्न अनुमति दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*