पुँजीबजारको समस्या सम्बोधन गर्न उच्च अधिकारीहरुसँग गगन थापाको छलफल

१० असार २०७९, शुक्रबार ११:१९

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नरलगायत वरिष्ठ अधिकारीहरुसँग भेट गरेका छन् । उनले आज आफ्नो फेसबुकमार्फत एक स्ट्याटस पोष्ट गर्दै पुँजी बजार समस्या समाधानका लागि आग्रह गरेको बताएका हुन् ।

उच्च अधिकारीहरुसँगको भेटमा तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या समाधानका विषयमा कुराकानी गरेको बताएका छन् । उनले पुँजी बजारको समस्या तत्काल समाधान गर्न संसदमा पनि पटकपटक आवाज उठाइसकेका छन् । आगामी मौद्रिक नीतिमार्फत यी समस्याको समाधान हुन सक्ने पनि उनले अपेक्षा गरेका छन् ।

 

महामन्त्री गगन थापाले फेसबुकमार्फत पोष्ट्याएका स्ट्याटस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*