शुक्रबार आँधीखोला लघुवित्त सहित यी कम्पनीको शेयरमूल्य घट्यो

१० असार २०७९, शुक्रबार १३:२०

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा सुधार आएको छ । आज नेप्से परिसूचक १३ अंकले बढेको छ ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड ५ लाख ५४ हजार ७५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक बढेसँगै केही कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाउन पुगेका छन् । आज सर्वाधिक गुमाउनेमा आँधीखोला लघुवित्त रहेको छ । कम्पनीको शेयर आज ७.८८ प्रतिशतले घट्न पुगेको छ ।

त्यस्तै, मेगा म्युचुअल फण्डको ६.९२ प्रतिशत, महुली लघुवित्तको ६.८० प्रतिशत, घलेम्दी हाइड्रोपावरको ५.०४ प्रतिशत र सनराइज ब्लुचिप फण्डको ३.६१ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*