विन नेपाल लघुवित्तको अध्यक्षमा डा.मदन गोपाल श्रेष्ठ पुनः नियुक्त

१४ असार २०७९, मंगलवार १०:४५

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः डा.मदन गोपाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न सातौं वार्षिक साधराण सभाबाट संस्थाको संचालक समितिको अध्यक्षमा श्रेष्ठ पुनः चयन भएका हुन् ।

उक्त साभारण सभाबाट संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने डा. मदन गोपाल श्रेष्ठ, कुमार राज जोशी, सुकुमान डंगोल र रमादेवी श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । साथै सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने एन्जिला न्यौपाने र राजु केसी सर्वसम्मतबाट निर्विरोध निर्वाचित भएका थिए ।

सो पश्चात बसेको संचालक समितिको बैठकले अध्यक्षमा डा. मदन गोपाल श्रेष्ठलाई चयन गरेको हो । साथै उनले असार १३ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टबाट पद तथा गोपनियताको शपथ ग्रहण समेत लिइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*