प्रभु बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा

१७ असार २०७९, शुक्रबार ११:२७

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*