यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१७ असार २०७९, शुक्रबार १३:०६

काठमाडौं । शुक्रबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन आक्रामक सुधार देखिएको शेयरबजार आज फेरी ८.८७ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ । शुक्रबार टाइम ल्याप्सका कारण पनि कारोबार घट्न पुगेको हो ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको कारोबार भएको छ । कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।

त्यस्तै, एशियन लाइफको ५ करोड २२ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ९० लाख, हिमालयन डिस्टिलरीको ४ करोड ६२ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*