नेप्से झिनो अंकले घट्दा साढे १ अर्बको कारोबार

१७ असार २०७९, शुक्रबार १३:१५

काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहिबार एकाएक उछाल आएको शेयरबजार आज पुनः ओरालोतफ लागेको छ । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजार लगानीकर्ताका विभिन्न संगठनहरुले माग गरेका १९ बुँदे माग पुरा गर्ने सम्बोधन गर्ने भएसँगै सुधार देखिएको पुँजीबजार शुक्रबार झिनो अंकले घट्न पुगेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*