स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१७ असार २०७९, शुक्रबार १३:२७

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ८.८७ अंकले घट्न पुगेको छ । दुईतिन दिनयता सुधार देखिएको शेयरबजार आज पुनः गिरावट आएको हो ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा सामान्य गिरावट आउँदा केही कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ । सर्वाधिक स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.७७ प्रतिशतले शेयरमूल्य घट्न पुगेको छ ।

त्यस्तै, युनाइटेड इन्स्योरेन्सको ४.०३ प्रतिशत, लक्ष्मी लघुवित्तको ३.७० प्रतिशत, आरबीबी म्युचुअल फण्ड–१ को ३.६७ प्रतिशत र जनरल इन्स्योरेन्सको ३.४२ प्रतिशतले घट्न पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*