नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिने ४५ कम्पनीमध्ये कसको चुक्ता पुँजि कति ? (सूची सहित)

३१ आश्विन २०७९, सोमबार १७:५८

काठमाडौं । ब्रोकर तथा स्टक डिलरको लाईसेन्सको लागि ४५ कम्पनीले नेप्सेबाट सिफारिस लिएका छन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिने आज अन्तिम दिनसम्ममा ४५ कम्पनीले नेप्सेबाट सिफारिस लिएका हुन् ।

ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था ऐनमा रहेकोले नेप्सेले माग गरेका सबै कम्पनीलाई लाईसेन्सको लागि सिफारिस गरेको हो। बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको छ । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् ।

शेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई पहिलो तह भनिएको छ । यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी २० करोड तोकिएको छ । त्यस्तै शेयर खरिद बिक्रिको साथ साथ, डिपीको रुपमा काम गर्ने, पीएमएस तथा परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई दोस्रो तह भनिएको छ । यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ । स्टक डिलरलाई तेस्रो तह तोकिएको छ र उनीहरुको लागि न्युनतम चुक्ता पुँजी १५० करोड कायम गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्च (नेप्से) गणेश सेक्युरिटि २१ करोड रुपैयाँ शेयर पुँजि, क्यापिटल म्याक्स सेक्युरिटिजको २० करोड रुपैयाँ, कलश सेक्युरिटिजले २० करोड रुपैयाँ, हिमालयन ब्रोकरेज कम्पनीको २० करोड रुपैयाँ, एन।एम बी सेक्युरिटिज २० करोड रुपैयाँ, के।बी एल सेक्युरिटिजको २० करोड रुपैयाँ, प्रोपर्टी विजार्डले २० करोड रुपैयाँ, शेयर प्रो सेक्युरिटिजले २० करोड रुपैयाँ, माछापुच्छ्रेले २३ करोड रुपैयाँ, एनआईसी एशिया सेक्युरिटिजले २० करोड रुपैयाँ, सन सेक्युरिटिजले २५ करोड रुपैयाँ, पाहि ईन्भेष्टमेन्टले २० करोड रुपैयाँ, मियो सेक्युरिटिजले २० करोड रुपैयाँ, मेगा स्टक मार्केट्सले ६० करोड रुपैयाँ, एलिट स्टक हाउस, २० करोड ८० लाख, ईन्फिटी सेक्युरिटि २५ करोड रुपैयाँ, ईन्फिनिटी सेक्युरिटिज २५ करोड रुपैयाँ, ईन्डेक्स सेक्युरिटिज २२ करोड ५ लाख रुपैयाँ, जे।बि।एन।एल सेक्युरिटिजले २० करोड रुपैयाँ, प्रभु स्टक मार्केट, आर। बी।बि सेक्युरिटिज २० करोड रुपैयाँ चुक्ता पुँजि रहेको छ।

एस.पि.एस.ए.सेक्युरिटिज लिमिटेडले ३० करोड पुँजी, नबिल सेक्युरिटिज लि.ले १५० करोड पुँजी, शुभकामना सेक्युरिटिज प्रा.लि.ले २० करोड पुँजी, ट्रेडमो सेक्युरिटिज प्रा.लि.ले २० करोड पुँजी, सानिमा सेक्युरिटिज लिमिटेडले २० करोड, आकाशभैरव सेक्युरिटिज लि.ले २० करोड, हिमालयन सेक्युरिटिज लि.ले ६० करोड, क्यापिटल हब प्रा.लि.ले २० करोड, गरिमा सेक्युरिटिज लि.ले २० करोड, स्टक्स्कार्टस् २१ करोड, हातेमालो फाइनान्सियल सर्भिसेज प्रा.लि.ले २० करोड, सिबिआइएल सेक्युरिटिजले २० करोड, ईगल स्टक ईक्युटी प्रा.लि.ले २० करोड, सनराइज सेक्युरिटिज प्रा.लि., इन्दिरा सेक्युुरिटिज प्रा.लि., सजिलो ब्रोकर लि., मिल्की वे शेयर ब्रोकर कम्पनी लि., ब्लुचिप सेक्ययुरिटिज लि., बेनी सेक्युरिटिज प्रा.लि.र रोडसो सेक्युरिटिजले २० करोड रुपैयाँ चुक्तापुँजी सहित सिफारिसका लागि आवेदन दिएका हुन् ।

त्यस्तै, सिर्जी इन्भेष्टमेन्ट से.लि.ले २८ देखि ५० करोड रुपैयाँ, म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनीले २० करोड, मनि वल्र्ड शेयर एक्सचेञ्ज प्रा.लि.ले २० करोड, सेन्चुरी सेक्युरिटिज लि.ले ६० करोड र एप्पल सेक्युरिटिज लिमिटेडले २० करोड रुपैयाँ चुक्तापुँजी सहित सिफारिसका लागि दरखास्त दिएका हुन् ।

नेप्सेमा सिफारिस माग्ने ब्रोकर कम्पनीको चुक्ता पुँजीको विवरण

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*