ज्योति विकास बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको हो ।
बैंकले कार्ड एण्ड डिजिटल बैंकिङ्ग र एकआईएस युनिटमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा २ देखि ५ वर्षको अनुभवी हुुनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाइट https://jbbl.com.np/career/ मार्फत आवेदन दिन सक्नेछन् ।