ग्लोबल आईएमई बैंकको शाखा कार्यालय स्थानान्तरण

२२ जेष्ठ २०८०, सोमबार ११:५३

काठमाडौं । ग्लोबल आईएमई बैंकले कुपण्डोल शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।

बैंकले ललितपुर महानगरपालिका १० मा रहेको कानदेवतास्थान, कुपण्डोल शाखा कार्यालयलाई आइतवार (जेठ २८) गतेदेखि संचालनमा आउनेगरी सोही महानगरपालिकाको वडा नम्बर १० मा रहेको ब्रिक्स क्याफे नजिक रहेको नयाँ भवनको पहिलो तालामा स्थानान्तरण गर्ने भएको छ ।

बैंकले कुपण्डोल शाखा कार्यालयबाट लकर सेवा उपभोग गरिरहेका ग्राहकहरुलाई जेठ २५ गतेभित्र लकरमा रहेका टुटफुट हुन सक्ने सामान झिकेर सुरक्षित गर्न आग्रह गरेको छ ।

लकर स्थानान्तरण गर्दा लकर भित्र रहेको सामानमा क्षति पुग्न गएमा बैंक जवाफदेही नहुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*