घोराही सिमेन्टको आईपीओमा आवेदन दिने पहिलो दिनमा कति पर्यो आवेदन ?

३२ जेष्ठ २०८०, बिहीबार ०४:३५

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमा आवेदन दिने पहिलो दिन मै १ लाख २२ हजार ८२८ जनाको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिन साँझ ५ः०६ आवेदकबाट २ अर्ब २३ करोड ३७ लाख ६८ हजार ५०० रुपैयाँ बराबरको ५१ लख ३५ हजार १०० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्काशन गरेको छ । जस अनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणका लाग खुल्ला हुनेछ । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ ।

साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि शेयर बाँडफाँड गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी शेयरसमेत थपेर सर्वसाधारणलाई जारी गर्न लागिएको हो । कम्पनीले निष्काशन गरेको आइपीओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहनेछ । घोराहीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । केयर नेपालले घोराही सिमेन्ट आइपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको संकेत गर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*