अन्नप्राशनको अवसरमा हिमालयन लाइफको बीमा पोलिसी उपहार

७ असार २०८०, बिहीबार १६:४१

काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रदै आएको छ ।

यसै क्रममा भाञ्जीको अन्नप्राशनका अवसरमा मामा–माइजूले हिमालयन लाइफको जीवन बीमा पोलिसी उपहार दिएका छन् । दोलखाको बिगु गाउँपालिका–५ चिलंखा स्थायी ठेगाना भएका ज्योति जीसी र रोजिना बुढाथोकीको जोडीले आफ्नी भाञ्जी आन्शी थापालाई असार ६ गते उपहारस्वरुप बीमा पोलिसी उपहार दिएका हुन् ।

अन्नप्राशनको अवसरमा आयोजना गरिएको कार्यक्रममा कम्पनीको जोरपाटी शाखा कार्यालयका प्रमुख गोकर्ण लामिछाने र अभिकर्ता लगायत अन्य अतिथिहरुको उपस्थित रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*