हिमालयन हाइड्रोपावर र सिटी होटलको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

२५ असार २०८०, सोमबार १५:१७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ०.८३ अंकले घटेर २०७६ को बिन्दुमा कायम भएको छ ।

सोमबार हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ६.३४ प्रतिशत अर्थात १८ रुपैयाँले घटेर २६६ रुपैयाँमा कारोबार भएको छ । प्राय दिनहरुको शेयर कारोबारमा सकारात्मक सर्किट लागिरहने सिटी होटलको शेयरमूल्य आज भने घटेको छ । कम्पनीको शेयरमुल्य ४६ रुपैयाँले घटेको छ ।

त्यस्तै, आज सिद्धार्थ इक्युटी फण्ड, सुपरमादी हाइड्रोपावर, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*