जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ हकप्रद शेयर जारी गर्ने

२५ असार २०८०, सोमबार १८:१२

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। सम्झौतापत्रमा जोशी हाइड्रोपावरका अध्यक्ष गंगाप्रसाद जोशी र लक्ष्मी क्यापिटलबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

कम्पनीले चुक्तापुँजी ३७ करोड १४ लाख रुपैयाँको १ः०।६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

यसैगरी कम्पनील हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी आज असार २५ गते कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*