एलआईसी नेपालको बार्षिक साधारणसधा साउन १७ गते, यस्ता छन् एजेण्डाहरु

२६ असार २०८०, मंगलवार ०९:५८

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) लिमिटेडको बार्षिक साधारणसभा साउन १७ गते हुने भएको छ। कम्पनीले साउन १७ गते, बुधबार, लिसारा रिसेप्सन, भगवाती बहाल नक्साल, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अपरान्ह ४ बजे शुरु हुनेछ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 

One thought on “एलआईसी नेपालको बार्षिक साधारणसधा साउन १७ गते, यस्ता छन् एजेण्डाहरु

  1. Basant Kumar says:

    I want to know new schema

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*