नेप्सेमा गिरावट, नौ उपसूचक राताम्मे

२६ असार २०८०, मंगलवार १५:१२

काठमाडौं । साता कारोबारको दोस्रो दिन गिरावट आएको नेप्सेमा तेस्रो दिनपनि गिरावट आउँदा लगानीकर्तामा थप निराशा छाएको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ ।

मंगलबार नेप्से सूचकांक ४.७३ अंकले घटेर दुई हजार ७२ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८३ कम्पनीहरुको ७९ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ८५ करोड ९४ लाख ९० हजारको कारोबार भएको छ ।

मंगलबार नेप्से घट्दा नौ उपसूचकहरुमा रातो पोतिएको छ भने बाँकीका चार उपसूचकमा भने हरियाली छाएको छ । आज डेभलपमेन्ट बैंक उपसूचक सर्वाधिक ३.४२ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स उपसूचक २.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.३६ प्रतिशतले घट्दा दोस्रोमा हाइड्रोपावर उपसूूचक १.१९ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*