मल्टीपर्पस फाइनान्सलाई ३५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति
२६ असार २०८०, मंगलवार १६:५६

काठमाडौं । मल्टीपर्पस फाइनान्सलाई ३५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न ने पाल धितोपत्र बोर्डलेअनुमति दिएको छ ।
बोर्डले यस फाइनान्सलाई १ः०।३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।