कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै २७ गुणा बढी शेयर माग

२६ असार २०८०, मंगलवार १७:५८

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज मंगलबार देखि निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०५ बजेसम्ममा २ लाख ५९ हजार ४८३ आवेदकबाट २८ करोड ३० लाख १६ हजार रुपैयाँ बराबरको २८ लाख ३० हजार १६० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख १ हजार १५१ कित्ता शेयरको २७।९७ गुणा बढी हुन आउँछ ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते बैंकिङ समयपछि हुनेछ। ढिलोमा भने साउन ९ गते बन्द हुने भनिएको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*