जानकी फाइनान्सको ५८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

२७ असार २०८०, बुधबार १०:३८

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले ५८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सो शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीलाई यस अघि ३५ दिने सूचना जारी गरेको थियो । सो समयमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेकोले उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुको लागि बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशितको मितिले सात दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*