२५ अंकले बढ्यो नेप्से, हाइड्रोपावर उपसूचक उचालियो

२७ असार २०८०, बुधबार १५:१२

काठमाडौं । साता कारोबारको चौंथो दिन आज बुधबार नेप्से सूचकांक बढेको छ । नेप्से सूचकांक बढेसँगै हाइड्रोपावर उपसूचक उचालिएको छ ।

कारोबारको चौथो दिन बुधबार नेप्से सूचकांक २५।३१ अंकले बढेर दुई हजार ९७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ८५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १८ करोड ७६ लाख ९५ हजारको कारोबार भएको छ ।

बजारमा हरियाली छाएसँगै ११ वटा उपसूचकहरुमा हरियाली छाएको छ । आज सर्वाधिक हाइड्रोपावर उपसूचक ४।४१ प्रतिशतले बढेको छ । दोस्रोमा माइक्रोफाइनान्स उपसूचक १।८७ प्रतिशतले बढेको छ । आज फाइनान्स उपसूचक भने १।९५ प्रतिशतले र होटल तथा पर्यटन उपसूचक ०।८७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*