हकप्रद प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

२८ असार २०८०, बिहीबार १०:०३

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको निर्णयले सभा आउँदो साउन १५ गते काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आह्वान गरेको हो । सभा बिहान १०ः३० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले हाल कायम चुक्तापुँजीको ६६ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

सभाले हाल कायम जारी तथा चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५ रुपैयाँलाई वृद्धि गरी २ अर्ब ४२ करोड २३ हजार ९७ हजार ८१२.२३ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको चुक्तापुँजी हकप्रद बिक्रीपछि वृद्धि हुने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने छ ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि साउन ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसको अर्थ साउन ८ गतेभन्दा अघिल्लो कार्यरत दिनसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*