शिवम् सिमेन्ट्स, सोल्टि होटल र हिमालयन लाइफमा खरिदकर्ताको चाप, यी कम्पनीको भयो सर्वाधिक कारोबार
२८ असार २०८०, बिहीबार १५:०४

काठमाडौं । हिजो बढेको नेप्से आज फेरी घटेको छ। पछिल्लो एक सातादेखि निरन्तर शिवम् सिमेन्ट्स, सोल्टि होटल र हिमालयन लाइफको शेयरमा लगानीकर्ता भुम्मिएका छन् ।
शिवम् सिमेन्ट्सको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २३ करोड माथिको शेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटल, हिमालयन लाइफ, नेपाल टेलिकम, चिलिमे हाईड्रोपावर, हिमालयन डिष्टलरी, आईएमई प्रुडेनिसयल, एशियन लाइफ, फस्र्ट माईक्रोफाइनान्स र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ ।